site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा चेकजाँचमा कडाइ
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (आइतबार) बिहानैदेखि होली मनाउन थालिएको छ । होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली पर्वका अवसरमा मानिसले उच्छृंखल गतिविधि गर्ने, जथाभावी लोला हान्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेलगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखानालगायत स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ ।

नेपाल प्रहरीले सतर्कताका साथ होली खेल्न सबैलाई आग्रह गरेको छ । प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छतलगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न समेत आग्रह गरेको छ ।

होलीलाई व्यवस्थित बनाउन काठमाडौंका ९० भन्दा बढी स्थानमा चेकजाँचका निम्ति प्रहरी टोली खटाइएको छ । सार्वजिनकस्थलमा ड्रोनबाट पनि निगरानी गरिँदै छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro