site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजीले ल्यायो अत्याधुनिक इन्टरएक्टिभ डिजिटल बोर्ड

काठमाडौं । इलेक्ट्रोनिक्स एवं घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालका लागि अन्तर्क्रियात्मक (इन्टरएक्टिभ) डिजिटल बोर्ड (आईडीबी) ल्याएको छ ।

ठूलो स्क्रिन भएको हुँदा यी अन्तर्क्रियात्मक डिजिटल बोर्डमा सिकाउन एवं विभिन्न कुराहरू देखाउन सहज हुने कम्पनीले जनाएको छ । इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणसँग जडान गर्न सकिने कम्पनीले जनाएके छ ।

बोर्डहरू वायरलेस स्क्रिन टच, एन्ड्रोइड १४ ओएस, बिल्ट–इन क्यामेरा र माइक जस्ता विभिन्न सुविधाहरूसहित ६५, ७५ र ८६ इन्चमा उपलब्ध छन् ।

यी स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिङ हल र घरमा पनि उपयोगी हुने कम्पनीले जनाएको छ ।

रिमोट लर्निङसग मिल्दो, अन्तर्क्रियात्मक डिजिटल बोर्डले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुरासँग सजिलै जोडिन मद्दत गर्नेछ ।

यी बोर्ड नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक आउटलेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro