site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको कटाक्ष : मोहनविक्रम छाती पिटेर रोइकराइ गरिरहेका छन्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह छाती पिटेर रोइकराइ गरेको भन्दै कटाक्ष गरेका छन् । बुधबार काठमाडौंको अगुवा कार्यकर्ता भेलामा उनले कांग्रेस सरकारबाट हटेपछि श्रीमतीलाई राष्ट्रियसभाको सांसद बनाउन नपाएपछि छाती पिटिरहेको टिप्पणी गरेका हुन् । 

यसअघिको गठबन्धनले दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय गरेको थियो । “एकजना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन् । तपाईंहरूले पनि चिन्नुहुन्छ होला । मोहनविक्रम सिंह नाम हो उहाँको । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको,” ओलीले भने, “कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रियसभामा मनोनीत गरेर पठाउँथ्योहोला भनेर सम्झिन्छन्, फेरि ग्वाग्वा रुन्छन् । छाती पिट्छन् । त्यसरी पतन हुँदो रहेछ मान्छे ।”

उनले जिन्दगीभर कम्युनिस्ट भनेर हिँडेको मान्छेको किन जिन्दगीभर मरिमेट्यो भन्ने पुष्टि भएको बताए ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro