site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‌मा राप्रपाले अर्थमन्त्री खोजेपछि... 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा बैठक जारी रहँदा अर्थमन्त्री वर्षमान पुनको खोजी भएको छ । बुधबारको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहेको थियो ।

सोही क्रममा छलफलमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेतक विना लामा रोस्ट्रममा पुगिन् । तर, उनले अर्थमन्त्री नदेखेपछि प्रश्न उठाइन् । “मैले अर्थमन्त्री देखिनँ उहाँ निस्कनु भयो । अर्थमन्त्री नहुँदा कसलाई सुनाउने होला । अर्थमन्त्री बोलाउन पाए राम्रो हुने थियो । कसलाई सुनाउने ?,” उनले भनिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जवाफमा सदन सञ्चालन गर्न सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा राना मगरले अर्थमन्त्री प्रतिनिधि राखेर खाना खान गएको बताइन् । “अर्थमन्त्री अर्को प्रतिनिधि राखेर खाना खान निस्कनु भएको छ । उहाँ खाना खाएर आउनुहुन्छ,” उनले भनिन् । तर, सचेतक लामा आफ्नो कुरा राख्न तयार भइनन् । 

उनले राप्रपामाथि विभेद गर्न खोजिएको हो भन्दै भनिन्, “राप्रपा आउँदा अर्थमन्त्री उठेर जानुभनेको विभेद भयो । यसमा घोर आपत्ति जनाउन चाहन्छु । अर्थमन्त्री चाहियो,” उनले भनिन् । जवाफमा उपसभामुख रानाले भनिन्, “माननीय सदस्य म समय बढी दिन्छु । बोल्दै जानुहोला । उहाँ आउनुहोला ।” तर, पनि लामा आफ्नो कुरा राख्न तयार भइनन् र भनिन्, “१० मिनेट छ । उहाँ आउनुभएन भने के सदस्यहरूलाई मात्र मैले सुनाउ ?” 

Global Ime bank

त्यसपछि उपभामुखले प्रदीप यादवलाई बोल्ने समय उपलब्ध गराइन् । तर, अर्थमन्त्री बैठक कक्षमा छिरेपछि लामा नै बोल्न थालिन् । ‘अर्थमन्त्रीज्यूलाई धन्यवाद । मलाई लागेको थियो राप्रपा आउँदा अर्थमन्त्री भाग्नुभयो’ भन्दै उनले कुरा अघि बढाइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement