site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारी नगरपालिका १ शिशौलीमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी  हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । आठ वर्षीय छोरा भने बांच्न सफल भएका छन् ।
 
प्रहरीका अनुसार शिशौलीमा पाँच वर्षदेखि निर्मला राईको घरमा डेरा गरी बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
 
श्रीमती ४५ वर्षीया गीता लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बू धारिलो हतियारले आफ्नो घाँटी रेट्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेको छ । लिम्बूका ८ वर्षीय छोरालाई भने छिमेकीले थाहा पाएर हल्ला गरेपछि छोरा भाग्न सफल भएका थिए । 

घरभेटी निर्मला राईले आफूहरुले हल्लाखल्ला गरेपछि छोरा भने ढोकाको चुकुल खोलेर भागेको बताइन् । लिम्बूले श्रीमतीमाथि शंका गर्ने र झैझगडा गरिरहने गरेको छिमेकीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro