site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीर ठड्याइयो, फागु पर्व विधिवत् सुरु

काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा चिर ठड्याएसँगै होली अर्थात फागु पर्व सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा आइतबार रंगीविरंगी कपडाको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरंगी कपडाका टुक्रासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि देशभर होली प्रारम्भ भएको मानिन्छ । साइतअनुसार नै चीर ठड्याउने गरिएको र त्यसपछि विधिवत् रूपमा फागु पर्व सुरु हुने मान्यता रहेको स्थानीयहरूको भनाइ छ । 

चन्द्र मासअन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने होली यही चैत्र ११ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा र १२ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पु¥याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro