site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करीमा सीआईबी प्रमुख बज्राचार्यसहित चार प्रहरी अधिकारीलाई कारबाही सिफारिस
एआईजी किरण बज्राचार्य । फाइल तस्बिर ।

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित चार प्रहरी अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।

गएको असोज १४ गते मन्त्रिपरिषद्को निर्णयबाट गठित आयोगले झन्डै ६ महिला लामो अध्ययनपछि बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएका छन् ।

Dabur Nepal
NIC Asia

आयोगले तयार गरेको ४८५ पृष्ठ लामोे प्रतिवेदनको १३औँ अध्यायमा कारबाही सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सुन तस्करीमा संलग्न भएको भनिएका जीवन चलाउनेसँग आयोगले ह्वाट्सएपमार्फत बयान लिएको थियो । उक्त बयानपछि सीआईबी प्रमुख र सुन तस्करीको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भूमिका शंकास्पद देखिएको आयोगको ठहर छ ।

आयोगले अनुसन्धानमा खटिएका सीआईबीका प्रहरी अधिकारीले नै सुन तस्करीका सम्बन्धमा संकलित प्रमाण, सीसीटीभी फुटेज र कागजात गायब पारेर प्रमाण मेटाउन भूमिका खेलेको औँल्याएको छ ।

त्रुटिपूर्ण अनुसन्धान गरेको र सुन तस्करीमा संलग्न व्यक्तिलाई सीआईबीमै बोलाएर बयान लिएपछि कागज गरेर छोड्दै भगाउन भूमिका खेलेको गम्भीर आरोप पनि प्रहरी अधिकारीमाथि लगाइएको छ ।

एआईजी बज्राचार्यसँगै अनुसन्धान समितिमा संयोजकको भूमिका निर्वाह गरेका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा, प्रहरी उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाही सिफारिस गरिएको छ ।

उनीहरूले हङकङबाट ब्रेक सुमार्फत ल्याइएको ६० केजी र दुबईबाट भेपमार्फत तस्करी गरिएको सुनको अनुसन्धानमा संलग्नलाई बचाउन भूमिका खेलेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro