राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा छलफल हुनेछ । साथै पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतमा छलफल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० ०८:२४
प्रतिक्रिया दिनुहोस्