site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार ६–६ महिनामा ढाल्दैमा केही परिवर्तन हुन सक्दैन : सांसद थापा
फाइल तस्बिर ।
Global Ime bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद अमरबहादुर थापाले सरकार छोटो समयमा परिवर्तन गर्ने विषयले जनताले केही पाउन नसक्ने बताएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकार बनाउने र भत्काउने कुराभन्दा पनि जनताले पाउने कुरामा ध्यान दिनुपर्ने बताए । उनले अघिल्लो पटक प्रधानमन्त्रीलाई २०५१ सालको सरकारले जनताको पक्षमा काम गरेको र त्यसअनुसार अघि बढ्नुपर्छ भनेको स्मरण गरे । सरकार परिवर्तन गर्दा कोही मन्त्री र प्रधानमन्त्री बने पनि जनताका अपेक्षा पूरा हुन नसक्ने बताए ।

“सरकार ६–६ महिनामा ढाल्दैमा केही परिवर्तन हुन सक्दैन । संसद्का केही आकांक्षा पूरा हुन सक्छ । कोही मन्त्री होलान् । कोही प्रधानमन्त्री होलान् । तर, जनताका अकांक्षा पूरा हुन सक्दैन,” थापाले भने, “लामो समय अघि बढ्न सकोस् । जनताका भावना कदर गरेर अघि बढ्न सकोस् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu