site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन सकेन : उपसभामुख राना
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन नसकेको बताएकी छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित सम्मान कार्यक्रममा उपसभामुख रानाले महिलाहरूमा डिजिटल पहुँच कार्यक्रम पूर्णरूपमा सफल नभएको भन्दै यसलाई राज्यको अग्रसरतामा सफल बनाउनुपर्ने बताइन् ।

त्यस्तै, स्वास्थ्य र शिक्षा क्षेत्रमा महिलाहरूका लागि लगानी गर्नुपर्ने उनले बताइन् । महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनका लागि पनि राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन् । महिला अधिकारको नीति बनाउनका लागि आफूले सांसदहरूलाई प्रेरित गर्ने काम गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरिएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro