राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ । प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् ।
यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सहकार्य गरेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १२:३१
प्रतिक्रिया दिनुहोस्