site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेसपाले सांसदको विवरण अध्याविधक गर्न पत्र पठाएको संघीय संसद्ले गर्‍यो पुष्टि
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद् सचिवालयले नेपाल समाजवादी पार्टीले आफ्नो सांसदको विवरण अध्याविधक गर्न भन्दै पत्र पठाएकाे जानकारी दिएको छ । प्रवक्ता एकराम गिरीले पत्र सचिवालयमा आएको पुष्टि गरे । उनले पत्र सम्बन्धी सचिवालयले अध्ययन गरिरहेको जानकारी दिए । 

“अभिलेखन गरिदनु भनेर पत्र आएको छ । सो सम्बन्धमा सचिवालयले अध्ययन गरिरहेको छ‚” उनले बाह्रखरीसँग भने ।
 
नेसपाका एक नेताले दिएको जानकारी अनुसार एक महिना अघि पठाएको पत्र आयोग र सभामुख देवराज घिमिरेको टेवलमा छ । तर‚ दुवैतर्फबाट कार्यान्वयन भने भएको छैन । पत्र कार्यान्वयन भए संघीय संसदमा नेसपाको दुई सिट कायम हुनेछ भने नेकपा माओवादी केन्द्र भने ३० सिटमा झर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

माओवादी ३० सिटमा झर्ला ? बाबुरामले पठाए निर्वाचन आयोग र संसद्‌मा पत्र 
 
गएको निर्वाचनमा नेसपा महिन्द्रराय यादव माओवादीको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडाबाट निर्वाचित भएका हुन् । सर्लाहीबाट निर्वाचित उनले तत्कालीन लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराएका हुन् । ती नेताका अनुसार समानुपातिकबाट सांसद बनेकी उमरादेवी यादव पनि नेसपाकी नेतृ हुन् । पत्र कार्यान्वयन भए यी दुवै सांसद नेसपाका हुन्छन् । र उनीहरूलाई माओवादी पार्टीको ह्विप लाग्न छोड्छ । 

यस्तै प्रदेशतर्फ पनि नेसपाका सांसद छन् । वाग्मती प्रदेशमा गंगानारायण यादव पार्टी संस्थापक मध्येका एक नेता हुन् । उनी हाल आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । उनले प्रदेश सरकारको प्रवक्ता भएर काम गरिरहेका छन् । 

Global Ime bank

यता‚ गण्डकी प्रदेशमा नेसपाबाट एक सांसद छन् ।  फणिन्द्र देवकोटाले माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडे पनि उनी पार्टीकै सांसद भएको ती नेताले बाह्रखरीलाई जानकारी दिए । 

“केन्द्रमा महिन्द्र सर र उमरादेवी हाम्रो सांसद हुन् । वाग्मतीमा गंगाजी र गण्डकीमा फणिन्द्रजी पनि हाम्रै पार्टीका नेता हुन्‚” ती नेताले भने‚ “विगतको अभ्यास र नजिरले काम गर्दा उहाँहरू माओवादीको ह्विपबाट मुक्त हुनुहुनेछ । यो कुरा बुझेर सभामुख घिमिरले पत्र कार्यान्वयन अल्झाएर राख्नु भएको छ । हामी धाइरहेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय