site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विप्लव भूमिगत ! कार्यकर्ता जहाँ भेट्यो त्यहीँ समाउने 

काठमाडौं । निर्वाचन विरोधि गतिविधि र उमेदवारलाई लक्षित गर्दै लगातार बम विस्फोटका घटना बढ्न थालेपछि प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई उच्च निगरानीमा राखेको छ ।

प्रहरीले विप्लवका कार्यकर्तालाई जहाँ भेट्यो त्यहीँ समाउने रणनीति अघि सारेको जनाएको छ । प्रहरी उच्च स्रोतकाअनुसार ‘विप्लव’ सहित केन्द्रीय नेताहरु अहिले भूमिगत अवस्थामा छन् । 

देशभरबाट उनका ३ सय बढी कार्यकर्ता अहिलेसम्म पक्राउ परिसकेका छन् ।  विप्लवसहित केन्द्रीय तहका नेतालाई पनि फेला पारे तत्काल नियन्त्रणमा लिन प्रहरी मुख्यालयले मातहतका निकायलाई निर्देशन दिएको स्रोतले जानकारी दियो ।

“विप्लव अहिले भूमिगत अवस्थामा रहेको बुझिएको छ,” उच्च स्रोतले बाह्रखरीसँग कुरा गर्दै भन्यो, “हामीले उनका गतिविधि पनि त्यहीअनुसार निगरानीमा राखेका छौं । त्यसबाहेक उनका कार्यकर्तालाई जहाँ भेट्यो त्यहीँबाट समाइरहेका छौं । अब पनि समाउछौं ।”

उनका अनुसार निर्वाचन विरोधि जति पनि काम भएका छन् ती सबै विप्लवकै कार्यकर्ताले गरिरहेका छन् ।

“जसले चुनाव विथोल्न खोज्छ उसलाई स्वभाविक रुपमा निगरानीमा राखेर पक्राउ गरिनेछ,” उनले भने, “घटनाको प्रकृति हेरेर मुद्दा चलाइनेछ ।” प्रहरी मुख्यालयले जिल्लामा पनि विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई उच्च निगरानीमा राख्न र निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंका लागेमा तत्काल पक्राउ गर्न निर्देशन जारी गरेको छ ।

तराइमा भने सीके राउतलगायतका संगठनलाई निगरानीमा राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनविरोधी गतिविधि गर्ने जोसुकैलाई कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले निर्वाचन विरोधी गतिविधि गर्ने जो सुकैलाई पनि कारवाही गर्न प्रहरी पछि नपर्ने बताए । “अहिलेसम्म ३ सय ३७ जना पक्राउ परेका छन् त्यसमा एकादबाहेक सबै विप्लवका कार्यक्रर्ता छन्,” न्यौपानेले भने, “पक्राउ परेकाहरुको बारेमा आवश्यक कारवाही जारी छ । निर्वाचन विरोधी गतिविधि गर्ने जोसुकैलाई पनि नछाड्नू भन्ने निर्देशन छ  ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro