काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै नबसी स्थगन गरिएको छ । सोमबार बिहान पौने ८ बजे बस्ने गरी बैठक तय गरिएको थियो ।
बैठक बस्न नसकेर स्थगन गरिएको र अर्को सूचना जारी नभएसम्म नबस्ने समितिका सचिव अधिराज राईले जानकारी दिए ।
आजको समिति बैठकबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा टुंगोमा पुग्ने तयारी थियो । तर, विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण बैठक नै नबसेको हो ।
आइतबारको बैठकमा सो विधेयकमा सहमतिनजिक पुगेको र समितिबाट आज टुंग्याइने दलका नेताहरूले बताएका थिए । दुई विषय मात्र मिल्न बाँकी रहेको नेताहरूको भनाइ थियो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितमन्त्री बनाउनुपर्नेमा नेताहरूले जोड दिँदै आएका छन् ।
सत्ता गठबन्धनमा पछिल्लो समय असमझदारी देखिएको छ । विशेष गरी राष्ट्रियसभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस दुवै दलको दाबी, मन्त्रीहरूको कार्यसम्पादनलगायत विषयले समस्या उत्पन्न भएको छ ।