site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन यूएसएआईडीले गर्‍यो करिब ११ अर्बको सहायता घोषणा

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँबराबरको सहायता घोषणा गरेको छ ।

विशेष गरी सीमान्तकृत युवा र प्रारम्भिक कक्षाका विद्यार्थीकेन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न यूएसएआईडीले आइतबार उक्त सहायता घोषणा गरेको हो ।

Dabur Nepal
NIC Asia

पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गरिने काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहनेछ । यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबीच विद्यमान साझेदारीलाई थप मजबुत बनाएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यूएसएआईडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले भनिन्, “यी नयाँ सहायता विस्तारले नेपालका बालबालिकाका लागि ढोकाहरू खोल्न जारी राख्नेछन् र होनहार युवाहरूलाई आफ्नो सम्पूर्ण क्षमता साकार पार्न तथा आफ्ना समुदाय र देशको विकासमा सार्थक रूपमा योगदान पुर्‍याउन मद्दत गर्नेछन् ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro