site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकमा पैसा थुप्रिएको बैंकर र गभर्नरको स्वीकार, किन भएन कर्जा विस्तार ?
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अहिले बैंकमा लगानीयोग्य रकम (तरलता) सहज छ । बैंक तथा वित्तीय संस्थामा प्रशस्त रकम भए पनि कर्जा विस्तार सुस्त रहेको स्वयं बैंकर बताउँछन् । बैंकहरूविरुद्धका विभिन्न प्रकारका आन्दोलनले पनि कर्जा विस्तारमा असर पुगेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ठहर छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा गभर्नर अधिकारीले बैंकबाट प्रवाह ऋण फिर्ता नगरिने डरका कारण मनोवैज्ञानिक असर गरेको बताए । “लोन लिएपछि तिर्न पर्दैन भन्ने जुन आतंक र हल्ला फैलाइएको छ, त्यसको असर ग्रास रुटसम्म पुगेको छ । बैंकहरू पनि लगानी उठ्दैन कि भनेर डराएको अवस्था छ,” उनले भने ।

उनले थपे, “अहिले माग कम भएर पनि बैंकमा पैसा थुप्रिएको अवस्था हो । स्टील उद्योग र सिमेन्ट उद्योग ३५/४० प्रतिशत क्यापासिटीमा चलिरहेका छन् । यी क्षेत्र धेरै कर्जा माग गर्ने उद्योगहरू हुन् । यी उद्योगहरू ३५/४० प्रतिशतमा सञ्चालन हुँदा ६० प्रतिशत त लोन चाहिएन । अनावश्यक स्टक किनेर राखेर त हुँदैन । त्यही भएर पनि लोन घटेको हो ।”

विकास निर्माणले गति नलिँदा पनि कर्जा विस्तारमा असर पुगेको गभर्नर अधिकारीले बताए ।

अहिले आयातसँगै उपभोग घटेका कारण समेत बैंकको कर्जा विस्तार हुन नसकेको नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बताए ।

“अहिले हामीले किन लोन दिन सकेनौँ भने आयात घटेको अवस्था छ । धेरै मानिस बाहिर गएको अवस्था पनि छ । ओभरल कन्जप्सन नै घट्दाखेरि डिमान्ड छैन अहिले,” उनले भने, “हामीले अहिले जबरजती ऋण पनि दिन सक्दैनौँ । हाल राष्ट्र बैंकले वर्किङ क्यापिटलमा विभिन्न प्रकारका रिफर्म पनि गरेको अवस्था छ । हामी राम्रा खालका प्रोजेक्टमा अहिले पनि लगानी गरिरहेका छौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro