site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
झलनाथको व्यस्तता : बिहान प्रधानमन्त्री, बेलुका विप्लवसित भेटवार्ता
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित भेटवार्ता गरेका छन् । शनिबार बिहान प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक र आपसी हितका विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी गराएको छ ।

Dabur Nepal
NIC Asia

शनिबारै साँझ खनाल र चार दल आबद्ध समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । खनालको निवास डल्लुमा उनीहरूबीच छलफल भएको हो ।

त्यसक्रममा देशको वर्तमान अवस्था, कम्युनिस्ट एकताको समस्या र सम्भावना र समसामयिक विषयमा कुराकानी भएको खनालको सचिवालयले जनाएको छ ।

मोर्चामा सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

बिहान प्रधानमन्त्री र बेलुका विप्लवसित भएको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu