site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धन दाँयाबायाँ हुन्न, पाँच वर्षसम्म अगाडि बढ्छ : पूर्णबहादुर खड्का
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सत्तारूढ गठबन्धन पाँच वर्षसम्म अगाडि बढ्ने जिकिर गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री खड्काले गठबन्धनमा दायाँबायाँ नहुने दाबी गरे ।

उनले गठबन्धनका बीचमा केही समस्या आए छलफलका माध्यमबाट टुंगो लगाउने पनि बताए । उनले राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मतरूपमा उमेदवारी दिने बताए ।

"पहिलो कुरो, निर्वाचनको बेलामा जनतामा गएर हामीले जे–जे कुरा बोलेर गठबन्धनलाई स्थापित गरेका थियौँ, विश्वास दिलाएका थियौँ । त्यही जनमत लिएर हामी निर्वाचनमार्फत गठबन्धनको बहुमतको सरकार बनाइरहेका छौँ । त्यसैले यो गठबन्धन पाँच वर्षसम्म निरन्तररूपमा अगाडि बढ्छ," उनले भने ।

मन्त्री खड्काले गठबन्धनमा तलमाथि हुने विषयमा आफूले कल्पनासमेत नगरेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्