site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘अदालतमा विचाराधीन मुद्दाका कारण द्रुतमार्गको काम अपेक्षाअनुसार अघि बढेन’

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अदालतमा विचाराधीन मुद्दाका कारण नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माण कार्यले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरूले शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जग्गा प्राप्ति, प्रस्थान बिन्दुको विवादलगायत विषयमा अदालतमा कतिपय मुद्दा विचाराधीन अवस्थामा रहेकाले शो द्रुतमार्गको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको बताए । 

Dabur Nepal
NIC Asia

उपप्रधानमन्त्री खड्काले थप गरिएको समय २०८३ चैत मसान्तभित्र शो द्रुतमार्गको काम सम्पन्न हुने आश्वासन समेत दिए । द्रुतमार्ग निर्माणको क्रममा देखिएका समस्या समाधानका लागि सरकारले विभिन्न समितिहरू बनाएको र त्यसले ती समस्याहरूलाई समाधान गर्दै आएकाले थप गरिएको समयमा निर्माण कार्यले पूर्णता पाउने तर्क गरे । 

उपप्रधानमन्त्री खड्काले हालसम्म उक्त द्रुतमार्गको काम ३०.९६ प्रतिशत सम्पन्न भइसकेको बताए । 

नेपाली सेनाले जिम्मा लिएको उक्त द्रुतमार्गको काम २०८१ मंसिरभित्र सम्पन्न गरिसक्ने सम्झौता गरिएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro