site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छिमेकीसँगको सम्बन्ध पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री साउद
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् । 

नेपाल विश्व सम्बन्ध परिषद्को ७६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताए । नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्ने उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

उनले भने, "दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो छ । नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भू–भागहरू बीचको एउटा प्रवेशद्वार भएकोले महत्त्वपूर्ण छ । नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्छ ।"

परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए । विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको उल्लेख गरे । 

नेपाल सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट विकासशील देशको रूपमा उत्तीर्ण हुने तयारीमा रहेकोले नेपालको विकास प्रक्रियालाई दिगो बनाउन सबै साझेदारहरूबाट आर्थिक सहयोगको स्तरवृद्धि आवश्यक रहेको बताए । सन् १९४८ मा परराष्ट्र नीतिको छलफल र विश्वव्यापी सरोकारका विषयमा वकालत गर्ने गरी नेपाल विश्व सम्बन्ध परिषद्को स्थापना भएको थियो । यो गैर–राजनीतिक र गैर–नाफामुखी संस्थाको रूपमा रहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro