site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मन्त्री किरातीलाई मेयर साम्पाङको सुझाव– आउँदा दिनमा गाइभैँसी पालेर बस्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमाथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आक्रमक रूपमा प्रस्तुत भइरहेको छन् । मन्त्री किरातीमाथि साम्पाङ सामाजिक सञ्जालमार्फत गाली बेइज्जतीमा उत्रिएका छन् ।

मेयर साम्पाङ लामो समयदेखि धरानमा विमानस्थल बनाउनुपर्ने माग राख्दै आएका छन् । तर धरानमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताउँदै आएको छ । 

मेयर साम्पाङ धरानमा विमानस्थल बनाउन माग गर्दै सिंहदरबार समेत आइसकेका छन् । त्यसबेला मन्त्री किरातीले प्राधिकरणको टोली र साम्पाङलाई एकै ठाँउमा राखेर मन्त्रालयमा छलफल गरेका थिए । उक्त छलफलमा प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नभएको बताएको थियो । तर मेयर साम्पाङले विमानस्थल जसरी पनि बनाउनु पर्ने अडान राखे । त्यसपछि मन्त्रीले धरानमा विमानस्थल निर्माणका लागि उपयुक्त छ/छैन अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सोहीअनुसार प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न ‘विस्तृत सम्भाव्यता अध्ययन’ गर्न समिति गठन गरेको थियो । उक्त सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गर्दै धरानमा विमानस्थल बनाउन सम्भव नरहेको जानकारी दियो । उक्त क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था छ । 

“सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा ‘वान वे एप्रोच’ मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा अपरेसन कन्स्ट्रेन्ट्सका कारण गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ,” प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Global Ime bank

प्राधिकरणको विज्ञप्तिसँगै सञ्चारमाध्यममा समाचार आउन थालेपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री किराती र प्राधिकरणविरुद्ध गालीगलौज गर्न सुरु गरे ।  

साम्पाङले मन्त्री किरातीले अनावश्यक गफमात्र लगाउने गरेको आरोप लगाए । साथै मन्त्री किरातीले राज्यको ढुकुटी रित्याउने काम मात्रै गरेको साम्पाङले आरोप लगाएका छन् । 

‘केही गर्छ कि भनेको ताइ न तुईको गफबाहेक अरु केही गरेन ! मन्त्री भएपछि मन्त्रीजस्तो काम गरे पो एस भन्नु ! राज्यको ढुकुटीको सत्यानाश मात्रै’, उनले लेखेका छन् ।

मन्त्री किरातीले केही समयअघि मन्त्रालयमा पोचा लगाएको भिडियो समाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो । त्यसमाथि पनि साम्पाङले व्यंग्य गरेका छन्, ‘सुदन किराती मन्त्री नै हुन् कि पोचा लाउने कुचीकार ? खोइ त प्राधिकरणलाई तह लगाएको ? कुलको बदनामी...।”

मन्त्री किरातीले गफमात्र गरेको तर काम नगरको साम्पाङको आरोप छ । उनले नियमावली संशोधन गरेर भए पनि विमानस्थल बनाउनु पर्ने बताएका छन् ।

नियमावली संशोधन गर्न नसक्ने मन्त्रीले के गर्छन् भन्दै प्रश्न गरेको उनले देश परिवर्तन गर्न आँट हुनुपर्ने बताएका छन् । 

‘भाषण मात्रै गर्दै बस्नु, उहिल्यै बर्गर खा’को ढिँडो खा’को ! देश परिवर्तन गर्ने आँट हुनु पर्छ नि ! खोइ त आँट ?’ उनले लेखेका छन् ।

साम्पाङले लगातार एकपछि अर्को स्टाटस लेख्दै मन्त्री किरातीलाई गाली गरेका छन् । यही क्रममा उनी अर्को स्टाटसमा लेख्छन्, ‘अब आउँदा दिनमा गाइभैँसी पालेर बस्नू ! मन्त्री बनेर पनि केही गर्न नसक्नेले फोहोरमैला टिपेजस्तो गरेर फोटो खिचाउनुबाहेक अर्थोक केही नगरेको देख्दा पो हैरान ! कुलको इज्जत राख्छ कि भनेको हुतिहारा परेछ ! जनताले सम्झिरहनु पर्छ है !’

मन्त्री किरातीको निजी सचिवालयले भने प्राविधिक र कानुनी हिसावले पनि धरानमा विमानस्थल निर्माण गर्न नहुने अध्ययनले देखाइसकेको बताएको छ । मन्त्री किरातीका प्रेस सल्लाहकार राजन समिपले सम्पूर्ण हिसावले अवैज्ञानिक ठहरिएको आयोजना निर्माण गर्नु राज्यको दोहन मात्रै नभएर राष्ट्रघात बताए । 

मन्त्री किरातीका प्रेस सल्लाहकार समिपले पनि मेयर साम्पाङलाई फेसबुकमार्फ नै जवाफ फर्काएका छन् । ‘प्रिय हर्क साम्पाङ ! तपाईंले हिजो जति घुर्क्याउनु भयो, दंग्याउनु भयो, उतानो परेर आलंगरी नै खेल्नु भयो, छाती पिट्नु भयो, त्यतिबेला तपाईंको माग सम्बोधन गरेकै हो । किनकि तपाईंको  घुर्काइमा धराने जनताका निम्ति लाभका सुसुप्त आवाज थिए । तर अहिले जे कुरामा बालहठ प्रस्तुत गरिरहनु भएको छ । त्यो धराने जनताको निम्ति त के राज्यकै निम्ति हानिकारक छ । सम्पूर्ण हिसावले अवैज्ञानिक ठहरिएको आयोजना सञ्चालन गर्नु भनेको त्यो राज्य दोहन मात्रै होइन राष्ट्रघात पनि हो ।

वैज्ञानिक पुर्खाहरूका सन्तानले विज्ञान विरोधी कुरा गर्नु पनि पुर्खामाथिको धोका हुने मन्त्री किरातीको निजी सचिवालयको तर्क छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement