site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोविता गौतमको आक्रोश– सांसदलाई भेट्न समय नदिने मन्त्री भेट्छन् चाहिँ कसलाई ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको बताएकी छन् । सांसद गौतमले काम गर्न नसकेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रहसमेत गरिन् ।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सांसद गौतमले सरकारको काम शून्य भएको टिप्पणी गरिन् ।

आफू बिग्रिएको सडक निर्माणको विषयलाई लिएर पटकपटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको उनको गुनासो छ । प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि भूमिका हुन नसकेको  सांसद गौतमको भनाइ छ।

"पटकपटक मन्त्रालयमा मन्त्री भेट्न आउँछु । भेट्न समय दिनुहुन्न । सांसद, जो जनताको आवाज बोकेर आएको छ, जनताको प्रत्यक्ष मत लिएर आएको छ । सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्ने । मन्त्रीहरूले भेट्छन् चाहीँ कसलाई ?," उनको आक्रोश थियो ।

उनले ठुला पार्टीहरूले संसद्‌मा एकले अर्कोलाई आरोपित मात्रै गरिरहेको पनि बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro