site stats
बाह्रखरी :: Baahrakhari
देश
एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार, चालक पक्राउ

काठमाडौं । धनकुटामा एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार गर्ने एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेल रहेका छन् । उनलाई धनकुटाको साँगुटीगढी गाउँपालिका–६, भेडेटारबाट शनिबार पक्राउ गरेको हो । उनी एम्बुलेन्सका चालक हुन् ।

एम्बुलेन्समा गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे१च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्सभित्र ५२ केजी गाँजा भेटिएको जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्