site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ जनाको मृत्यु

गाजा । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एउटा घरमा इजरायलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टाइनी मारिएको र ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले जानकारी गराएको छ ।

स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका पनि रहेका उल्लेख गरेको छ । पीडितलाई देइर अल–बलाह सहरको अल–अक्सा सहिद अस्पतालमा सारिएको छ ।

प्रत्यक्षदर्शीले एक इजरायली युद्धक विमानले धेरै विस्थापित परिवारलाई आश्रय दिइरहेको घरमा अनेकौँ मिसाइल प्रहार गरेको बताएका छन् । ठूलो विस्फोटबाट भवन ध्वस्त भएको र शिविरको पश्चिमी भागमा छिमेकीको घरमा गम्भीर क्षति पुगेको जनाइएको छ ।

यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै गाजापट्टीमा इजरायली आक्रमणमा ज्यान गुमाउने प्यालेस्टाइनीको संख्या बढेर २९ हजार ३१३ पुगेको र ६९ हजार ३३३ जना घाइते भएको जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro