site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले अन्तर्राष्ट्रिय अदालतलाई भन्यो– इजरायललाई पछि हट्न भन्नु हुन्न

काठमाडौं । अमेरिकाले हेगस्थित अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे)लाई प्यालेस्टाइनबाट इजरायली सेनालाई फिर्ता हुन आदेश दिन नहुने भनेको छ । विश्व अदालत समेत भनिने आईसीजेले प्यालेस्टाइनमा इजरायली कब्जाबारे ५० देशको भनाइ सुनिरहेको छ ।

अघिल्ला वक्ता दक्षिण अफ्रिका र साउदी अरेबियाले इजरायलले प्यालेस्टाइनमा आफ्नो कब्जा अन्त्य गर्नुपर्ने माग गरेका थिए ।

सन् १९६७ मा भएको ६ दिने अरब–इजरायल युद्धमा जितपश्चात् इजरायलले प्यालेस्टाइनमा कब्जा थालेको थियो ।

बुधबार अमेरिकी विदेश विभागका कार्यवाहक कानुनी सल्लाहकार रिचर्ड भिसेकले बिनासर्त इजरायललाई प्यालेस्टाइनबाट पछि हट्न भन्न नहुने बताएका हुन् । “कब्जा गरेको प्यालेस्टाइनी भूमिबाट इजरायल बिनासर्त फिर्ता हुनुपर्ने बाध्यकारी हुने स्थिति अदालतले बनाउनु हुँदैन,” उनले भने ।

Global Ime bank

वेस्ट बैंक र गाजाबाट फिर्ता हुनुभन्दा अघि इजरायलको वास्तविक सुरक्षा आवश्यकतालाई विचार गर्न आवश्यक रहेको उनले बताए । अलजजिराबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu