site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिजनको अन्त्यपछि बायर्नको जिम्मेवारी छोड्ने प्रशिक्षक टचेलको घोषणा 

काठमाडौं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक थोमस टचेलले जारी सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन् । टचेल गत मार्चमा जुलियन नगेल्समनको स्थानमा बायर्नको प्रशिक्षक बनेका थिए । 

५० वर्षीय टचेल सन् २०२५ को जुनसम्मको सम्झौतासहित बायर्न अनुबन्ध भएका थिए । तर, क्लबले जारी सिजन स्वभाविक लय भेट्टाउन नसकेपछि दबाबमा आएका टचेलले बुधबार सिजनको अन्त्यसँगै जिम्मेवारी छोड्ने बताएका हुन् । 

Dabur Nepal
NIC Asia

टचेलको प्रशिक्षणमा बायर्नले गत सिजन बुन्डेसलिगाको उपाधि जितेको थियो । तर, जारी सिजन साविक विजेता लिग लिडर बायर्न लेभरकुजेनभन्दा आठ अंकले पछि छ । बायर्नका सीईओ जान–क्रिस्टियन ड्रिसेनले दुवै पक्षबीच भएको खुला र राम्रो संवादपछि सहकार्य टुंग्याउने सहमति बनेको बताए । 

यस्तै, टचेलले भने जारी सिजन क्लबले उच्च सफलताका लागि सक्दो प्रयास गर्ने बताए । “हामी यो सिजनको अन्त्यपछि छोड्ने छु । त्यस समयसम्म म र मेरो प्रशिक्षण टोलीले यस सिजन क्लबको उच्च सफलताका लागि सक्दो प्रयास गर्नेछ,” पेरिस सेन्ट जर्मन (पीएसजी) र बोरुसिया डर्टमन्डको प्रशिक्षण सम्हालिसकेका टचेलले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro