site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री/सांसदको कार्यकाल तोक्न शर्माको प्रस्ताव, महासमिति सदस्यले बजाए ताली (पूर्णपाठ)

गोदावरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा सहभागी हुनेहरूको कार्यकालको समयावधि पनि तोक्न प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले कांग्रेसका तर्फबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद कतिपटकसम्म बन्न पाउने भन्ने प्रस्ताव गरेका हुन् ।

“पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुईपटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरु गरेर कार्यान्वयनमा लगिसकेको छ,” उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

एक व्यक्ति राष्ट्रपति एक, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटकसम्म मात्र बन्न पाउने प्रस्ताव उनले गरेका छन् । “अब मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाललाई १/२/३/४ को सिद्धान्तले बाँध्ने पद्धतिको प्रस्ताव नेपाली कांग्रेस गर्दछ,” उनले प्रस्तावमा लेखेका छन् ।

उनले यो वाचन गरेपछि हलमा सहभागी महासमिति सदस्यहरूले ताली बजाएर समर्थन जनाएका थिए ।

शर्माले एकै घरपरिवारबाट एउटै संसद्को उमेदवार बन्ने परिपाटी आलोचित भएको पनि उल्लेख गरेका छन् । उनले व्यक्तिको स्वतन्त्र अधिकारलाई परिवारको सदस्यसँग जोडेर कुण्ठित गर्न नमिल्ने बताउँदै यस्ता आलोचना हुने अवस्थाको विकल्प सोच्नुपर्नेमा जोड दिएका छन् ।

प्रस्तावको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro