site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बैठक छाडेर प्रकाश ज्वालालाई 'जोगाउन' बालुवाटार पुगेका थिए देउवा !

काठमाडौं । सोमबार बेलुकीतिर नेपाली कांग्रेसको पदाधिकारी बैठक चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगे ।

बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक जारी रहँदा देउवा खड्कालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

Dabur Nepal
NIC Asia

तर, किन ? बैठकमा सहभागी कांग्रेसका एक पदाधिकारीका अनुसार उनीहरू भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई जोगाउने विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।

बालकुमारी घटनामा मुछिएका ज्वालाले राजीनामा दिनुपर्ने माग जनस्तरबाट उठिरहको छ । जसको दबाबमा प्रधानमन्त्रीले नै उनलाई राजीनामा गराउन खोजिरहेको चर्चा भइरहेको छ ।

त्यसै विषयमा कुरा गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कांग्रेस सभापति देउवालाई बोलाएको ती पदाधिकारी बताउँछन् । त्यसपछि देउवा खड्कालाई लिएर बालुवाटार पुगेका हुन् ।

"प्रकाश ज्वाला बालकुमारी घटनामा फस्ने देखेपछि एकीकृत समाजवादी जोगाउन लागेको छ । बैठक चलिरहँदा माधव नेपालले बोलाउनुभयो । त्यसपछि प्रकाश ज्वालालाई जोगाउन देउवा र खड्का बालुवाटार गएका हुन्," ती पदाधिकारीले भने ।

उनले अगाडि थपे, "पूर्ण दाइ प्रकाश ज्वालालाई जोगाउनुपर्छ भन्नेमा हुनुहुन्छ । माधव नेपालको नि त्यही उद्देश्य हो । त्यही भएर बैठक छाडेर गएका हुन् । अरू विषय केही छैन ।"

देउवा र खड्का बालुवाटारमा करिब आधा घण्टा बसेर बैठकमा आएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ००:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro