site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगनको प्रस्तावमा देउवाको सहमति, चुनावी गठबन्धन नगर्ने विषय महासमितिमा पेस हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको प्रस्तावमा सहमति जनाएका छन् । 

सोमबार बेलुका बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकमा चुनावी गठबन्धन नगर्ने थापाको प्रस्तावमा देउवाले सहमति जनाएको एक पदाधिकारीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

ती पदाधिकारीका अनुसार थापालाई गलाउने रणनीति सफल नहुने देखिएपछि देउवाले सहमति दिएका हुन् ।

"निकै रस्साकस्सीपछि सभापतिले हुन्छ भन्नुभयो । अर्थात् महामन्त्री थापाको प्रस्ताव पास भयो । सभापतिले हुन्छ भनेपछि उपसभापति खड्का, प्रवक्ता महतलगायत अवाक भए, अचम्म परे," ती पदाधिकारीले भने ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि नेताहरूबीच कुरा मिलेको पुष्टि गरे ।

"कांग्रेसलाई बलियो र सफल पार्टी बनाउन रुख चिह्नमा मतदान गराउने, यस्ता शब्द राखेर प्रतिवेदनमा भाषा मिलाउने काम भयो । कुरा मिलेको छ, बाँकी मंगलबार थाहा हुन्छ," सहमहामन्त्री आङ्देम्बेले भने ।

देउवा सहमत भएसँगै अब महासमिति बैठकमा थापाको प्रस्ताव पेस हुने भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro