site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘जनताको बीचमा गएर काम गर्ने नीति बनाउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले जनताको बीचमा गएर काम गर्ने नीति बनाउनुपर्ने बताएकी छन् । सोमबार सुरु महासमिति बैठकमा उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको बताइन् ।

कांग्रेसको नीति उत्कृष्ट बनाउने र त्यसले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने धारणा उनले व्यक्त गरिन् ।

“हाम्रो गौरवशाली इतिहासलाई स्मरण गर्दै हामीले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको बाटोमा पार्टी छ । हामीले प्रस्ताव पनि यहाँ ल्याएको अवस्था छ । यसलाई गहन जिम्मेवारी र दायित्वका साथ पास गर्नुपर्छ,” उनले भनिन् ।

उनले मुलुकलाई अब कता लैजाने भन्ने अभिभारा पनि नीति महाधिवेशनको भएको स्वागत मन्तव्यका क्रममा बताइन् ।

“जनताको विश्वास कांग्रेसमा छ । जनताले भनेका छन्– संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउनेछ,” उनले भनिन्, “जनताले भनेका छन्– कांग्रेसले मुलुकको अगुवाइ गर्नुपर्छ । जनताको जीवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ ।”

पार्टीमा न्याय नपाएको आवाज बढेको उनले उल्लेख गरिन् । उनले पार्टीमा न्याय पाउने वातावरण बनाउन महासमिति बैठक नीति अवलम्बन गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।

“यो मेरो पनि आवाज हो । हाम्रो अपनत्वमा बनेको संविधानको रक्षा जनआन्दोलनको मर्म र भावनलाई बोकेर अघि बढ्नुपर्छ । अन्याय भयो भन्नेलाई अभिलेखीकरण गर्र्दै सबैलाई न्याय दिने वातावरणमा सबै जुटौँ,” उनले भनिन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro