site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टी निर्णयप्रति युनियनको आपत्ति, महासमिति बैठकमा सहभागी नहुने

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको महासमिति बैठकमा संगठनका तर्फबाट सहभागिता नहुने जनाएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै संगठनबाट महासमिति सदस्यमा मनोनीत गर्दा विधान मिचेको र युनियन केन्द्रीय समितिको अधिकारमाथि नै हस्तक्षेप गरेको भन्दै महासमिति बैठकमा सहभागी नहुने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत प्रवाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनाधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ,” विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन ।”

पार्टीको निर्वाचन समितिको निर्णयले लामो समयदेखि कायम रहेको प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई नै बिथोल्न खोजेको आरोप युनियनले लगाएको छ । 

“निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति घोर भर्त्सना जनाउँदै यथास्थितिमा नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने व्यहोरा जानकारी गराउँछौँ,” विज्ञप्तिमा भनिएको छ, “अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न आह्वान गर्दछौँ ।”

युनियनका तर्फबाट निर्वतमान पदाधिकारीहरू बद्री सिग्देल, इश्वरी ओझा र सरोज अधिकारी प्रतिनिधि भएर आएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro