site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महासमिति बैठकस्थलमा नेता–कार्यकर्ताको चहलपहल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको महासमिति बैठकस्थलमा चहलपहल सुरु भएको छ । आजदेखि ललितपुरको गोदावरीमा सुरु हुने बैठक यही फागुन १० गतेसम्म चल्नेछ ।

बैठक परिसरमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित छन् । बैठकस्थलमा विभिन्न सामग्रीको सजावट देख्न सकिन्छ । प्रवेशद्वारमा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे बैठकको उद्घाटन गर्ने तय छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

यस्तै, प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ । न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय