site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महासमिति बैठक : डेढ करोड खर्च हुने अनुमान 

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

सोमबार (भोलि)देखि यही फागुन १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक आयोजना गरिएको छ । “प्रजातन्त्र दिवस मनाउँदै आएका छौँ । कांग्रेसका लागि ठूलो र महत्त्वको दिन हो,” उनले भने, “महासमितिको आवश्यक सम्पूर्ण तयारीहरू लगभग अन्तिम चरणमा छ । यो महासमिति बैठकले पार्टीको आवश्यक नीति तर्जुमा गर्नेछ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्ने उनले बताए ।

यस्तै, प्रवक्ता डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नेछन् । 

हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुनेछन् ।

महासमिति बैठक सम्पन्न गर्न करिब डेढ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । “बढ्दै गए दुई करोडसम्म लाग्ने अनुमान छ । ६० प्रतिशत सहभागीबाट, २० प्रतिशत लेवी र बाँकी रहेको म्यानेज हुन्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro