site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणाली मेल खाएन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणालीबीच तादाम्यता कायम हुन नसकेको बताएका छन् ।

सोमबारदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति चियापान कार्यक्रम आयोजना गरेका नेता कोइरालले संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली आपसमा नमिल्दो भएको बताए ।

“एकातिर संसदीय प्रणाली छ, अर्कातिर बहुमतको सरकार बन्ने स्थिति नै छैन,” आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, “कतै हाम्रो निर्वाचन प्रणालीमै समस्या त होइन ? कांग्रेसले अब पहल गर्नुपर्छ । सबै दलसँग बसेर छलफल गर्नुपर्‍यो । निर्वाचन प्रणाली बदल्नुपर्छ ।”

उनले संसदीय प्रणाली भनेकै बहुमतले शासन गर्ने भएको उल्लेख गरे । कुनै पनि दलको बहुमत आउने अवस्था नहुँदा कांग्रेसले आफ्नो मौलिकता नै गुमाउने अवस्था देखिएको उनको भनाइ छ ।

उनले अहिले महासमिति बैठकमा प्रस्तुत गरिने कतिपय प्रस्तावमा समेत गठबन्धनको छाया परेको बताए ।

‘कांग्रेसको मौलिकता फर्काउनुपर्छ
नेता कोइरालाले महासमिति बैठकबाट कांग्रेसको मौलिकता जोगाउन सक्नुपर्ने बताए । कांग्रेसले आफ्नो मौलिकता गुमाउँदा विगत निर्वाचनमा सात प्रतिशतभन्दा बढी मत गुमेको भन्दै उनले महासमिति बैठकमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए ।

“कांग्रेसको मौलिकतामा आँच नआउने गरी महासमितिका प्रस्तावहरू परिमार्जन गरिनुपर्छ । गत निर्वाचनमा कांग्रेसको सात प्रतिशतभन्दा बढी मत गुम्यो,” कोइरालाले भने, “यसको कारणबारे महासमितिमा छलफल गर्नुपर्‍यो ।”

महासमिति बैठकमा प्रस्तुत गरिने प्रस्तावहरू समेत आपसमा विवादित देखिएको भन्दै उनले समन्वयमा प्रतिवेदन तयार नपारिएको सुनाए ।

आर्थिक सूचकांक देखाएर प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार भएको दाबी गरे पनि जनताले त्यस्तो महसुस गर्न नपाएको उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro