site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।

महाअभियानको घोषणा गर्दै भण्डारीले यसलाई स्थापित गरी अघि बढ्न सकेमा नेपाल विश्वको एक मात्र हिन्दुराष्ट्र बन्ने बताए ।

Dabur Nepal
NIC Asia

सनातन धर्मको रक्षा गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन कांग्रेसले अब नेतृत्वदायी भूमिका निर्वाह गर्र्न ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।

उनले महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा उठाउने उल्लेख गरे । हिन्दुराष्ट्र नेपाल स्थापनाका निम्ति कसैको सहयोग नलिइएको उनको भनाइ छ ।

यसअघि, आउँदो सोमबारदेखि सुरु हुने महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा समेट्न भन्दै भण्डारीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यसमितिमा पूरक प्रस्ताव पेस गरिएको थियो । जसमा २२ कांग्रेसी नेताले हस्ताक्षर गरेका छन् । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro