site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कपिलवस्तु बस दुर्घटना : १० मृतकमध्ये तीनजनाको सनाखत
तस्बिर : माधव बेल्वासे/रासस ।

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१, सुरही पुलनजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० मध्ये तीनजनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार, सनाखत भएका मृतकमा रौतहटका ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेनाको कालीजंग गण गोरुसिंगेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारतको उत्तर प्रदेश, मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

Dabur Nepal
NIC Asia

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार, दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये नौजनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro