काठमाडौं । पार्टी रूपान्तरण अभियानको समीक्षा गर्दै नेकपा (माओवादी केन्द्र)ले अरु अभियान पनि चलाउने तयारी गरेको छ ।
सोमबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई अभियान सञ्चालन गर्ने बताएका हुन् ।
विधान सम्मेलनपछि मधेस तराई (पूर्वपश्चिम) अभियान र हिमाल–तराई जोड्ने (उत्तर–दक्षिण) अभियान सञ्चालन गर्ने जानकारी गराएका हुन् । माओवादीले ठूला सहर केन्द्रित अभियान चलाउन लागेको हो । विशेष रूपान्तरण अभियानमा केही नेताहरू नलागेको भन्दै कारबाही गरिने समेत बताएका थिए ।
रूपान्तरण अभियानले जति गर्नुपर्ने थियो त्यति गर्न नसकेको ब्रिफिङ प्रचण्डले गरेका छन् । माओवादीले भोलिबाट विधान अधिवेशन गर्दैछ । माओवादीले अदालतको सम्मान गर्दै जनयुद्ध दिवस मनाउने निर्णय भएको छ ।