site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार निरीह र कमजोर भयो : पदम गिरी

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेत पदम गिरीले सरकार इतिहासमा यति निरीह र कमजोर कहिल्यै नभएको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले कमजोर व्यक्तिलाई थुन्ने र बलियादेखि परैबाट भगाएको आरोप लगाए । उनले टेरामक्स प्रकरणमा भएको भ्रष्टाचारको अनुमान गर्न पनि गाह्रो हुने सुनाए । 

Dabur Nepal
NIC Asia

“एउटा ल्यापटपलाई ५० हजार डलरमा किन्न भ्याउने । खान पनि कत्रो मुख हो । राख्ने कत्रो पेट हो । अनुमान नै गर्न सकिँदैन,” गिरीले भने । सरकारका मन्त्रीहरूलाई यसबारे अख्तियारले बोलाउन नगएको भन्दै आपत्ति प्रकट गरे । 

त्यस्तै, एनसेल खरिद प्रक्रियाका सन्दर्भमा के धारणा बनाएको छ ? भन्दै प्रश्न गरे । आयोगले बनाएको प्रतिवेदन आँखामा छारो हाल्न बनाएको हो कि कार्यान्वयन गर्ने आँट छ भन्दै सोधे ।

त्यस्तै, सुन तस्करी आयोगलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको आरोप लगाए । समितिलाई सरकारले राजनीति दबाब दिएको आरोप लगाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro