site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जोर्डन र यूएईद्वारा गाजामा युद्धविराम गर्न आग्रह

काठमाडौं । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले गाजापट्टीमा युद्धविराम गर्न आग्रह गरेका छन् ।

अम्मानमा भएको भेटमा राजा अब्दुल्लाह र यूएईका राष्ट्रपतिले नागरिकहरूको सुरक्षाका लागि प्रयासहरू तीब्र पार्ने र स्ट्रिपका मानिसहरूलाई मानवीय सहायताको निरन्तर र पर्याप्त वितरण सुनिश्चित गर्ने महत्त्वमा जोड दिए । नेताहरूले गाजामा द्वन्द्व जारी राख्ने, विनाशकारी मानवीय अवस्थालाई बढाउँदै जाने असरविरुद्ध चेतावनी दिए । 

Dabur Nepal
NIC Asia

दुवै पक्षले प्यालेस्टाइनी जनताको वैधानिक अधिकार प्राप्त गर्नका लागि आफ्नो पूर्ण समर्थनको नवीकरण गर्दै, यस क्षेत्रमा सुरक्षा र स्थायित्व पुनःस्थापना गर्ने एक मात्र उपाय प्यालेस्टिनी मुद्दाको व्यापक र न्यायोचित समाधानमा पुग्न राजनीतिक प्रक्रिया शुरु गर्नु रहेको बताए । 

राजा अब्दुल्लाले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सीलाई गाजाको दुःखद् मानवीय अवस्थालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रले अत्यावश्यक मानवीय सेवाहरू प्रदान गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायको निरन्तर सहयोगको आग्रह गरे । भेटमा द्विपक्षीय सम्बन्ध र सबै क्षेत्रमा सहयोग विस्तार गर्ने अवसरहरू पनि समेटिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro