site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘टेक्सास इन्स्टिच्युट अफ टेक्नोलोजी’ खोल्ने तयारीमा एलन मस्क
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वका धनाढ्य, टेस्ला एवं ट्विटरका मालिक एलन मस्कले एक विश्वविद्यालय खोल्ने मनसाय व्यक्त गरेका छन् ।

आइतबार मस्कले आफ्नै सामाजिक सञ्जाल एक्समा ‘टेक्सास इन्स्टिच्युट अफ टेक्नोलोजी’लाई वास्तविकतामा परिणत गरिदिऊँ ? भन्दै प्रश्न गरेका छन् । उनले यो विश्वविद्यालयमा ‘उन्नत किसिमको सामाजिक अध्ययन’ समेत समावेश हुने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मस्कले द फाउन्डेसन नामक संस्थालाई १० करोड अमेरिकी डलर उपलब्ध गराएको बताइएको छ । मस्कले अर्बाैँ डलरबराबरको टेस्लाको सेयर समेत उक्त संस्थालाई उपलब्ध गराएको अमेरिकी पत्रिका फोर्ब्सले जनाएको छ ।

द फाउन्डेसन संस्थाले प्राथमिक र माध्यमिक तहमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथ (एसटीईएम) पढाउन काम गर्ने बताइएको छ ।

Global Ime bank

यसै फाउन्डेसनले विश्वविद्यालय समेत सञ्चालन गर्ने योजना बनाएको छ । मस्कले यसअघि पनि टेक्सास इन्स्टिच्युट अफ टेक्नोलोजीको सन्दर्भमा टिप्पणी गर्दै आएका थिए । सन् २०२१ मा पनि एक ट्विट गर्दै उनले यही विश्वविद्यालय खोल्नेबारे प्रश्न गरेका थिए ।

उनले वर्तमान अमेरिकी शिक्षा प्रणालीको आलोचना गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !