site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१६औँ योजनाका लागि आयोगले लियो विकास साझेदारसँग सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल गरेको छ ।

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा आज भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरूले सुझाव दिएक छन् ।

नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डी र नेपालका लागि  फिनल्यान्डका राजदूत रिना रिक्का हिक्काले संयुक्तरूपमा गरेका छन् ।  

छलफलमा अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो । 

राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डीले सफल एलडीसी स्तरोन्नतिपछि नेपाल विकासको अर्को अध्ययायमा प्रवेश गर्ने बताए ।

अन्य सहभागी विकास साझेदारहरूले आफ्ना देशीय कार्यक्रमलाई १६औँ योजना र एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनुपर्नेमा जोड दिएका थिए । 

आयोगका उपाध्यक्ष श्रेष्ठले विकास साझेदारहरूबाट प्राप्त रचनात्मक सुझावलाई १६औँ योजनामा समावेश गर्ने बताए । आयोगले आजै १६औँ योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरूसँग छलफल गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro