site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पताल हुनु हुँदैन : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत वीर अस्पताल हुन नहुने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन हो ? भन्दै प्रश्न गरे । अहिलेको विधेयक स्पष्ट ढंगले ल्याएको देखिएको उनले बताए । सरकारले केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ विधेयक ल्याएको देखिने उनको भनाइ छ ।

उनले प्रतिष्ठानअन्तर्गत रहे सरकारले भनेका कुरा अस्पतालले नमान्ने स्थिति आउने विगतको अनुभव रहेको उल्लेख गरे । न्याम्स प्रतिष्ठान मात्र भएकाले आफ्नो विश्वविद्यालय बनाउन नसके सो समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने उनले बताए ।

“विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको छ,” उनले भने ।

उनले थपे, “न्याम्स एउटा प्रतिष्ठान हो, उसले आफ्नो युनिभर्सिटी, आफ्नो कलेज बनाउनुपर्छ । बनाउन सक्दैन भने त्यति बेलासम्म उसले वीर अस्पतालसँग एमओयू गरेर चलाउन सक्छ । कोभिडको समयमा वीर अस्पतालले नेपाल सरकारलाई सहयोग गरेन ।”

बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले लामो समयसम्म पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले किन एमबीबीएसको पढाइ सुरु गर्न सकिरहेको छैन ? भन्दै प्रश्न गरे । उनले प्रतिष्ठानले आफैँ स्वायत्त ढंगले काम गर्न नसक्दा प्रगति हुन नसकेको हो ? भन्ने प्रश्न पनि गरे ।

सांसद परियारले वीर अस्पताल केन्द्रीय अस्पताल नै रहनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro