site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एआई विशेषतासहितको ग्यालेक्सी एस२४ सिरिज सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । एआई विशेषतासहितको ग्यालेक्सी एस२४ सिरिज नेपाली बजारमा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले सो सिरिज सार्वजनिक गरेका हुन् ।

“ग्यालेक्सी एस२४ साँच्चै नै भविष्यको फोन हो । सामसङ ग्यालेक्सी एआईको साथ हामी अल्ट्रा–पर्सनालाईज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौँ,” निर्देशक स्थापितले भने, “हाम्रो पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पफर्मेन्स र   एक्सपिरिएन्सलाई जोड्छ ।”

ग्यालेक्सी एस२४ सिरिजमा नेटिभ कल एपभित्र वास्तविक समय, दुईतर्फी कल अनुवादमै प्रत्यक्ष अनुवाद सुविधा छ । यसले अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि आफ्नो प्रयोगकर्ताका निम्ति १३ भाषामा अडियो र टेक्स्ट अनुवादलाई समर्थन गर्ने कम्पनीले जनाएको छ ।

“ग्यालेक्सी एआई अधिक सुरक्षित छ, किनकि यसले बाह्य क्लाउड प्रणालीहरूमा भर नपरी फोनमा नै सञ्चालन गर्दछ,” सामसङ नेपालको विज्ञप्तिमा उल्लेख छ, “हराएर दिशाहरू सोध्ने वा रेस्टुरेन्टमा खाना अर्डर गर्नेको लागि होस्, यी फोनहरू प्रयोगकर्ताले आफ्नै व्यक्तिगत अनुवादकको रूपमा काम गर्न सक्छ । साथै, प्रयोगकर्ताले टेक्स्ट पठाउँदा, च्याट असिस्टले सन्देशलाई तुरुन्तै अनुवाद गर्दिन्छ, जसले प्रयोगकर्ताहरूलाई सजिलै बोल्न सक्ने भाषामा साथीहरूसँग टेक्स्ट गर्न दिन्छ ।”

ट्रान्सक्रिप्ट असिस्टका साथ प्रयोगकर्ताले रेकर्ड गरिएका कुराकानीको छोटो सारांश सिर्जना र साझेदारी गर्न सक्नेछन् । मिटिङमा व्यवस्थित रहन नोट असिस्ट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२४ सिरिजको साथमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सोसल मिडिया एपहरूमा ग्यालेक्सीको नेटिभ क्यामेरा अनुभवको फाइदा लिन सक्नेछन् । ग्यालेक्सी एस२४ सिरिज प्रयोगकर्ताले बिनाथप उपकरण गुणस्तरीय भिडियो बनाउन सक्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२४ (१२+५१२ जीबी)को प्रतिमूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै, ग्यालेक्सी एस२४ अल्ट्रा (१२+२५६ जीबी)को प्रतिमूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी एस२४ प्लस (१२+२५६ जीबी)को प्रतिमूल्य एक लाख ४२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी एस२४ बेस (८+२५६ जीबी)को प्रतिमूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको सामसङ नेपालले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro