site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ : मनीषा कोइराला
फाइल तस्बिर ।

काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विचार गोष्ठीमा उनले यस्तो बताएकी हुन् ।

उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एकपटक सोच्नुपर्नेमा जोड दिइन् । वीर नेपाली भनेर चिनिने पहिचान अहिले फेरिएको उनको भनाइ छ ।

नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको उनले उल्लेख गरिन् ।

“हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ ? यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ ? कस्तो थियो हाम्रो नेपाल ? भन्नुस् त,” उनले भनिन्, “वीर नेपाली भनेर चिनिन्थ्यो । भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ ।”

आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिएको उनको टिप्पणी छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro