site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राज्यव्यवस्था समितिमा रविविरुद्ध परेको उजुरीमा के हुँदै छ ? 
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा राज्यव्यवस्था समितिमा उजुरी परेको छ । प्रतिनिधिसभाअन्तर्गत रहेको उक्त समितिमा रवि आफैँ सदस्य छन् ।
 
रविविरुद्ध परेको उजुरी के हुँदै छ भन्ने प्रश्नमा समिति सभापति रामहरि खतिवडाले उजुरी परे पनि प्रकृया अघि नबढेको बताए । शुक्रबार बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै सभापति खतिवडाले ‘विस्तृत छानबिन नभएसम्म हचुवाको भरमा’ समितिले विषय अघि नबढाउने बताए ।
 
“रविजीविरुद्ध उजुरी समितिमा परेको छ । त्योभन्दा बाहेक अरु कुरा अघि बढेको छैन,” सभापति खतिवडाले भने, “सहकारी सम्बन्धी ठगी मुद्दाको कुरा छ । यसमा विस्तृत छानबिन हुनुपर्छ । उहाँको कति संलग्नता छ अथवा छैन विस्तृत सबै डकुमेन्ट नभइकन अहिले हचुवाको भरमा छलफल गराइहाल्ने पक्षमा हामी छनौं ।”

सभापति लामिछानेले पहिले सबै कुरा बुझ्ने र त्यसपछि मात्र समिति सदस्य लामिछानेविरुद्ध परेको उजुरी छलफलका लागि अघि बढाउने बताए । लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले माघ ९ गते मंगलबार उजुरी दर्ता गराएका हुन् । उजुरीकर्ता सफलले सहकारी घोटला प्रकरणमा संलग्नता भएको आरोप लगाएका छन् । सञ्चारमाध्यममा आएको समाचारलाई आधार मानेर सफलले उजुरी दर्ता गराएको उल्लेख गरेका छन् । 

उनले, रविविरुद्धको उजुरी सभामुख देवराज घिमिरेसमक्ष पनि दर्ता गराएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu