site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्डोनेसियालाई हराउँदै चारपटकको च्याम्पियन जापान नकआउट चरणमा

काठमाडौं । समूह चरणको अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध ३–१ को जित निकाल्दै प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले एएफसी एसियन कपमा नकआउट चरणमा स्थान बनाएको छ ।

कतारको अल थुमाम रंगशालामा बुधबार छैटौँ मिनेटमा अयासी युडाले पेनाल्टीमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

Dabur Nepal
NIC Asia

८८औँ मिनेटमा इन्डोनेसियाका जस्टिन हुनबनेरबाट आमत्मघाती गोल हुन पुग्दा जापान ३–० ले अघि बढेको थियो । इन्ज्युरी समयमा इन्डोनेसियाका स्यान्डी वाल्सले गोल गर्दै स्कोरलाई ३–१ मा ल्याए पनि टोलीको हार टार्न सकेनन् ।

जितसँगै जापानले समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो । उपविजेता जापानले समूह चरणका तीन खेलमा ६ अंक जोड्यो । तीन खेलबाट तीन अंक जोडेको इन्डोनेसियाले तेस्रो स्थानमा रहँदै समूह चरण टुंग्याएको छ । जापानले हालसम्म चारपटक यो प्रतियोगिताको उपाधि जितेको छ ।

यही समूहको अर्को खेलमा भियतनामविरुद्ध ३–२ को पुनरामगन जित निकाल्दै इराकले शीर्ष स्थान हासिल गर्‍यो ।

समूह चरणमा शतप्रतिशत जित निकालेको इराकले नौ अंक जोड्यो । तीनै खेलमा पराजित भियतनामले अंकविहीन बन्दै प्रतियोगिताको अन्त्य गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro