site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डा. रामेशको टिप्पणीसहित तीन प्रश्न लिएर मेडिकल काउन्सिल पुगिन् सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठ तीनवटा प्रश्न लिएर नेपाल मेडिकल काउन्सिल पुगेकी छन् । काउन्सिललाई उनले पछिल्लोपटक मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले सामाजिक सञ्जालमा गरेको टिप्पणीसहित तीनवटा सवालमा लिखितरूपमै प्रश्न गरेकी छन् ।

“हामीले मेडिकल काउन्सिलमा तीन महत्त्वपूर्ण प्रश्नहरू गरेका छौँ– लिंगभेदी भ्रूण हत्याबारे, अस्पतालहरूमा बिरामीको मृत्युपछि कारण खोज्ने प्रक्रियाबारे र बिरामी पक्ष र स्वास्थ्य संस्थाबीच विवाद हुँदा कथित लापरबाही 'मालप्राक्टिस' हो वा होइन भनेर निर्क्यौल गर्नेबारे,” श्रेष्ठले ट्विटरमा लेखेकी छन् ।

पछिल्लो सर्वेक्षणमा छोरा र छोरीको जनंख्यामा ठूलो असन्तुलन देखिएकोबारे माघ ९ गतेको शिक्षा स्वास्थ्य समितिमा समेत सांसद सुमनाले सवाल उठाएकी थिइन् । 

Dabur Nepal
NIC Asia

एकसय १२ छोरा जन्मिँदा १०० जनामात्रै छोरी जन्मिनुको पछाडि भ्रूण पहिचान र भ्रूणहत्या मुख्य कारण रहेको र यसको अनुसन्धान काउन्सिलले गर्नुपर्ने माग उनको छ । जसमा काउन्सिलको काम कारबाहीबारे उनले विवरण माग गरेकी छन् ।

उनको दोस्रो प्रश्न भने मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति लक्षित छ । गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत डा. कोइरालाले 'चार बिरामीको उपचारको क्रममा मृत्युलाई सहज मान्दियौँ' भनेको सन्दर्भमा नेपालका अस्पतालमा बिरामीको मृत्युपछि कारण खोज्ने प्रक्रियाबारे बुझ्न चाहेको बताएकी छन् ।

” के यहाँ भएका चार मृत्युलाई साँच्चै सहज नै मानिएको हो,” उनले काउन्सिललाई प्रश्न गरेकी छन् ।

“अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनालाई यस्ता अभिव्यक्तिले अझै बल पुर्‍याउन सक्ने हुँदा यसबारे काउन्सिलको धारणा के छ पनि प्रस्ट पार्न अनुरोध छ,” काउन्सिललाई बुझाइएको पत्रमा उल्लेख छ । 

डा. मलख श्रेष्ठको ‘नेपालबाट किन विदेशिरहेका छन् डाक्टर ?’ शीर्षकको लेखमा बुधबार सांसद सुमनाले ‘फर्किने वातावरण बनाउनुपर्छ’ भन्दै रिट्विट गरेकी थिइन् । सो लेखमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियाक सर्जन डा. रामेश कोइरालाले टिप्पणी गरेका थिए ।

“सन् २००२ मा म गंगालालको सर्जरी विभागको संयोजकमात्र थिएँ र हाम्रामा सो समय लोकसेवा वा मेडिकल अधिकृतबाटै जागिर गर्नु पर्दैनथ्यो । पछि डा. साहेब गंगालाल आउँदा स्वागत गरेर यहाँले अपरेसन गरेका चारै बिरामीको मृत्यु सहज मान्दियौँ पनि ।  प्लिज, म आज विभागीय प्रमुख यहाँलाई सो पद आजै छाड्छु, फर्किने हो,” डा. कोइरालाले भनेका छन् ।

तेस्रो प्रश्नमा सांसद श्रेष्ठले स्वास्थ्यकर्मीको लापरबाहीका कारण बिरामीको ज्यान तलमाथि भएको भन्दै बिरामी पक्ष र स्वास्थ्य संस्थाबीच हुने विवादमा काउन्सिलको भूमिकाबारे प्रश्न गरेकी छन् । जसमा उनले काउन्सिलमा परेका उजुरी र कारबाहीको विवरणसमेत माग गरेकी छन् ।

ujuri-1706102341.png
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro