site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालको खर्च कटौतीविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश 

काठमाडौं । वीर अस्पतालमा आउने बिरामीका लागि खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले मागबमोजिम अन्तरिम आदेश जारी गरेको हो । 

पोखरेलले रिटमा खाना, खाजासँगै अक्सिजनको समेत बजेट काटेर जनताको गाँसमा आर्थिक नाकाबन्दी गरेको दाबी गरिएको थियो । रिटमा सरकारले आर्थिक वर्ष ०७९/८० मा एक अर्ब १९ करोड ६१ लाख १९ हजार बजेट विनियोजन गरेको तर आर्थिक वर्ष ०८०/८१ मा ७३ करोड एकलाख मात्र विनियोजन गरेको उल्लेख छ । 

उनले यसअघि बिरामीका लागि दुईपटकको खाना र त्यसका लागि गत आर्थिक वर्षमा तीन करोड ६५ लाख ३१ हजार विनियोजन भएको तर यसपटक त्यो बजेट पूरै कटौती गरिएको दाबी गरेका छन् । १३७ वर्षदेखि दिइँदै आएको रासन र अक्सिजनको सुविधा खोसेर सरकारले अमानवीय काम गरेको भन्दै परेको रिटमा शुक्रबार अन्तरिम आदेश जारी भएको हो ।

अन्यत्र अस्पतालमा उपचार नपाएको गरिब र निमुखाले उपचार गराउने वीर अस्पतालमा दिइँदै आएको रासन र अक्सिजनको सुविधा कटौती गर्दा संविधानको मौलिक हकलाई चुनौती दिएको भन्दै परेको रिटमा तत्कालका लागि सुविधा कटौती नगर्न अन्तरिम आदेश जारी भएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro