site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्छ : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको साँखुमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेको उल्लेख गरे । अब आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सिंगो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको जिकिर गरे । नेता–कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले सातै प्रदेशमा पार्टीको अस्तित्व देखिएको भन्दै अब पालिकामा देखिने गरी संगठन विस्तार गर्नुपर्ने बताए । अहिले सत्ता गठबन्धन फुट्ने भ्रममा नलाग्न उनले आग्रह गरे । गठबन्धन पाँचै वर्ष चल्ने उनले बताए ।

Global Ime bank

उनले यसअघि कम्युनिस्ट दलहरू बहुमतको नजिक पुगे पनि त्यसलाई जोगाउन नसकिएको दोहोर्‍याए । पुनः कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्न पहल भइरहेको उनले बताए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC