site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभाका उमेदवार चयनले माओवादीमा असन्तुष्टि, हुम्लाले भोट नै नहाल्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सधैँ पहुँच भएकाहरूले मात्रै अवसर पाएको भन्दै नेकपा (माओवादी केन्द्र) मा हुम्लाका जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभाको निर्वाचन पटकपटक भए पनि आफ्नो क्षेत्रलाई बेवास्ता गरेको भन्दै भोट नहाल्ने निर्णय भएको एक प्रतिनिधिले बताए ।  

“हामी सधैँ भोट मात्रै हालिरहने भयौँ । जनमत र जनआधारको मतको हिसाबले पाउनुपर्‍यो भन्ने दाबी हो,” ती नेताले भने, “जसको हातमा डाडुपन्यु छ, उसैको हुने भयो । हामी सधैँ रैतीजस्तै भएर बस्न सक्दैनौँ । हामी यसपटक मतदान गर्दैनौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

हुम्लामा दुईजना प्रदेश सदस्य र ६ जना स्थानीय तहका प्रतिनिधि मतदाता छन् ।

जसमा कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियार, जुम्कित लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिंह रहेका छन् ।

Global Ime bank

शनिबार नै उनीहरूले प्रदेश इन्चार्जलाई आफ्नो निर्णयबारे प्रदेश इन्चार्ज मातृका यादवलाई जानकारी गराएका छन् ।

हुम्लाबाट दिपेन्द्र रोकाया उमेदवारमा सिफारिस भए पनि माओवादीले कालिकोटका विष्णु बिकलाई उमेदवार बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय